बाँके– २०७५ सालमा बाँके जिल्लाका बालबालिकामा सबैभन्दा धेरै कुपोषणको समस्या रहेको पुष्टि भयो । तत्कालीन समयमा सबैभन्दा धेरै संख्यामा कुपोषित बालबालिका रेहको स्थानीय तह जानकी गाउँपालिका थियो ।
गाउँपालिकामा देशमै सबैभन्दा धेरै बालबालिकामा कुपोषण देखिएपछि गाउँपालिकाले कुपोषण भएका बालबालिकाको खोजी र उपचार गर्ने अभियान चलाएको छ । त्यसपछि नीति र योजना बनाउँदै आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकाले सो अभियान चलाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा सिनियर अहेव दलबहादुर रानाले बताए । गाउँपालिकाले अभियान सञ्चालन गरेपछि कुपोषित बालबालिकाको अवस्थामा सुधार भएको उनी बताउँछन् । दायरमै रहेका छन् । गाउँपालिकाले अभियान सञ्चालन गर्नुअघि २०० भन्दा धेरै बालबालिकामा कुपोषणको समस्या थियो ।
बालबालिकामा पोषणको अवस्था पत्ता लगाउन हरेक महिनामा जानकी गाउँपालिकाका ५ वटा स्वास्थ्य चौकीसहित ३० स्थानमा अनुगमन गरिने उनले जानकारी दिए । उनले भने, ‘२ जना कर्मचारीले प्रत्येक वडाको पायक पर्ने स्थानमा पुगेर बालबालिकाको तौल जाँच्ने काम गछौँ । शून्य देखि ५९ महिनासम्म बालबालिकाको तौल नापेर उनीहरूमा पोषणको अवस्था पत्ता लगाउँछौँ ।’ शून्य देखि २३ महिनासम्मका बालबालिकाको २४ पटक गाउँपालिकाबाट तौल जाँच गरिने उनले बताए । गाउँपालिकाभित्र ४ हजार ९३४ बालबालिका ५ वर्ष मुनिका छन् । तिमध्ये १ हजार ९ सय ६९ जना बालबालिका २ वर्षमुनिका छन् । उनीहरूको नियमित तौल जाँच गाउँपालिकाले गरिरहेको छ।
बस्ती बस्तीमा परीक्षण गर्ने क्रममा कुपोषित बालबालिका भेटिएमा ओपिडी सेन्टरमा दर्ता गरेर उपचारको दायरामा ल्याउने उनले जानकारी दिए । उनको अनुसार पालिकामा पाँचवटा स्वास्थ्य संस्था छन् । ती सबै संस्थामा ओपिडी सेन्टर रहेकाले त्यहीँ कुपोषित बालबालिकालाई उपचार गराएर निको बनाएर घर फिर्ता पठाइन्छ ।
स्वास्थ्य शाखा प्रमुख रानाको अनुसार गाउँपालिकाभरिमा गत आर्थिक वर्ष २०७९/८० मा ६६ जना बालबालिकामा कुपोषणको समस्या भेटिएको थियो । जसमध्ये वडा नं १ मा ५ जना, वडा नं २ मा ११ जना, वडा नं ३ मा १२ जना, वडा नं ४ मा २३ जना, वडा नं ५ मा ९ जना र वडा नं ६ मा ६ जना बालबालिकामा कुपोषण देखिएको उनले बताए ।
कुपोषण देखिएका बालबालिकामध्ये ४५ जना बालबालिकालाई स्वास्थ्य संस्थामै राखेर उपचार गरी निको पारेर घर पठाइएको उनले बताए । ती बालबालिकालाई नियमित औषधिका साथै कार्बोहाइड्रेट, प्रोटिन भिटामिनसहितको तयार गरिएको खानालाई ६० दिनसम्म सन्तुलित गरेर खुवाइएको थियो ।
कुपोषण देखिएका अन्य २१ जना बालबालिकालाई घरमै गाउँपालिकाले औषधि र पोषणयुक्त खाना उपलब्ध गराएको उनले जानकारी दिए । ‘उनीहरूलाई एकपटकमा एक महिनाको लागि पोषणयुक्त खानेकुरा र औषधि पठाइएको थियो ,’ उनले भने ।
तर, केहि बालबालिकाका अभिभावक अर्को महिनामा फलोअपमा स्वास्थ्य संस्थामा नआएको उनले सुनाए । ती बालबालिकाको घरमा गाउँपालिकाको कर्मचारी पुग्दा पनि भेट नभएको र बीचमै औषधि खान छाडेकोले कुपोषण निको हुन सकेको छैन । औषधि नियमित सेवन नगर्दा गत आवमा कुपोषण देखा परेकामध्ये २ जना बालबालिकालाई थप उपचारका लागि अस्पतालमा जान ‘रिकमेन्ड’ गरिएको उनले बताए । गत आर्थिक वर्षमा कुपोषण देखिएका मध्ये १४ जना बालबालिका हालसम्म पनि उपचारको
बालबालिकामा कुपोषण पत्ता लागेको फेला पार्दा आफूहरू खुसी हुने गरेको स्वासथ्य शाखा प्रमुख राना बताउँछन् । ‘कुपोषण पत्ता लाग्यो भनेमात्र बालबालिकालाई उपचार गरेर निको पार्न सक्छौँ । कतिजना बालबालिकामा कुपोषण देखियो भन्दापनि सबै बालबालिकामा कुपोषणको अन्त्य गर्नु हाम्रो प्राथमिकता हो,’ उनले भने । अन्य स्थानीय तहमा कुपोषित बालबालिकाको खोजी कम हुने भएकाले कुपोषणको अवस्था न्यून देखिएको हुनसक्ने उनको बुझाइ छ । पाँचवर्ष भन्दा कम उमेरमै बालबालिकामा देखिएको कुपोषणलाई अन्त्य गरेर भविष्यमा उनीहरूमा देखिन सक्ने समस्याको समाधान गर्नु नै पालिकाको प्राथमिकता रहेको उनले पालिकाखबरसँग बताए ।
गर्भावस्थादेखि नै पोषणमा ध्यान पुर्याउन चौथो महिनादेखि गर्भवतीको जाँच गरिने उनले बताए । गर्भजाँच गर्दा गर्भवती महिलाको पोषणको अवस्थाको बारेमा बुझ्नुका साथै हरेक बार खाना चारको लागि सुझाव दिने गरिएको छ । आमा समुहमा र तौल जाँच गर्ने क्रममा पनि कुपोषणको बारेमा सचेतना जगाउने काम गरिएको उनले सुनाए ।
गाउँपालिकामा कुपोषण देखिनुको प्रमुख कारण गरिबि, अज्ञानता र संस्कृति रहेको स्वास्थ्य शाखा प्रमुख रानाको भनाइ छ । गरिब घरमा हरेक बार खाना चार सम्भव नरहेको उनी बताउँछन् । मध्यम वर्गको परिवारले दाल, भात, तरकारी सहित खाना खान सक्ने अवस्था रहे पनि अज्ञानताको कारण सन्तुलित आहार नगरिने उनले सुनाए । उनी भन्छन्, ‘टन्नै गाईभैंसी पाल्ने परिवारमा पनि घरमा दूध खानलाई नराखी सबै बेच्छन् । घरमा फलेको अन्नबाली, फलफूल घरमा खानलाई नराखी सबै बेच्ने चलन छ,’ उनी भन्छन् । तराई र हिमाली क्षेत्रमा शिक्षित जनसंख्या पहाडी क्षेत्रको तुलनामा कम रहेको बताउँदै उनले तराईको संस्कृतिमा सन्तुलित आहार खाने प्रचलन नरहेकाले त्यहाँका बालबालिकामा कुपोषण बढी पाइएको उनी बताउँछन् ।
विशेषगरि गर्भावस्थादेखि बालबालिका ५ वर्षको उमेरसम्म पोषणमा ध्यान पुर्याउनुपर्ने स्वास्थ्य शाखा प्रमुख राना बताउँछन् । उनको अनुसार मानिसको ९० प्रतिशत मस्तिष्कको विकास ५ वर्षको उमेरमा भइसक्छ । उनले भने, ‘सबैभन्दा धेरै ध्यान २ वर्ष सम्मका बालबालिकाको पोषणमा ध्यान दिनुपर्छ । किनभने २ वर्षभित्र ८० प्रतिशत मस्तिष्कको विकास हुन्छ ।’