close

एक वर्षभित्र ३६ जना घरमै सुत्केरी

एक वर्षभित्र ३६ जना घरमै सुत्केरी

Trulli
ADVERTISEMENT

भोजपुर– आमचोक गाउँपालिकामा गत वर्षमा ३६ जना घरमै सुत्केरी भएका छन् । गाउँपालिकामा पहिलो गर्भजाँच गराएका २५० जनामध्ये ३६ जना घरमै सुत्केरी भएका हुन् । 

पालिकाभित्रका गर्भवतीमध्ये २०/२५ जनाको सुत्केरी मात्र पालिकाभित्रको स्वास्थ्य संस्थामा हुने गरेको पालिकाका स्वास्थ शाखा महिनरायण चौधरीले बताए । उनको अनुसार ५० प्रतिशत गर्भवतीहरू सुत्केरी हुन धरान जाने गरेका छन् । बाँकीको घरमै सुत्केरी हुने गरेका छन्। 

होम डेलिभरि न्यून गर्न गाउँपालिकाभित्र १० वटा वडा रहेकोमा ९ वटा बर्थिङ सेन्टर सञ्चालन गरिएको उनले पालिकाखबरलाई सुनाए । पालिकामा कार्यरत स्वास्थ्य कर्मीलाई एसविए (दक्ष प्रसुति सेवा) तालिम दिन गाउँपालिकाले कार्यक्रम ल्याएपनि तालिम दिने व्यक्ति नपाउँदा तालिम सञ्चालन गर्न नसकिएको उनले बताए । ९ वटा बर्थिङ सेन्टरमध्ये ५ वटा बर्थिङ सेन्टरमा मात्र एसविएले स्वास्थ्य सेवा प्रदान गरेको उनले बताए ।