close

५ प्रकारका जटिल रोगको उपचारमा गाउँपालिकाको सहयोग

५ प्रकारका जटिल रोगको उपचारमा गाउँपालिकाको सहयोग

Trulli
ADVERTISEMENT

भोजपुर– आमचोक गाउँपालिकाले जटिल प्रकारका रोगको बिरामीको स्वास्थ्य उपचार गरिदिने भएको छ । गाउँपालिकाले विभिन्न पाँच प्रकारको रोग लागेका बिरामीको चेक जाँच र औषधि उपलब्ध गराइदिने भएको हो । 

क्यान्सर, मुटु रोग, स्पाइनल इन्जुरी, ब्रेन ट्युमर जस्ता रोगको जाँच, उपचार तथा शल्यक्रियामा गाउँपालिकाले सहयोग गर्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख  महिनरायण चौधरीले बताए । उनको अनुसार सो सेवा प्रदान गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।