close

हंसपुरका स्थानीयबासिन्दा विशेषज्ञ सेवाका लागि छिमेकी

हंसपुरका स्थानीयबासिन्दा विशेषज्ञ सेवाका लागि छिमेकी

Trulli
ADVERTISEMENT

धनुषा - हंसपुर नगरपालिकाका स्थानीय बासिन्दा आकस्मिक सेवा तथा विशेषज्ञ सेवाको लागि अझै छिमेकी पालिका धाउन बाध्य छन् । नगरपालिकामा सामान्य तथा प्राथमिक मात्रै उपचार हुने भएकाले थप स्वास्थ्य सेवाको लागि छिमेकी पालिका धाउन बाध्य भएका हुन् । 

नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत राम प्रताप साहका अनुसार पालिकाभित्र सुविधासम्पन्न अस्पताल सञ्चालन हुन नसकेकाले थप उपचारको लागि जनकपुर पुग्नु पर्छ । छिमेकी पालिकामा जानु पर्ने भएपनि आधा घण्टामा पुग्ने उनले दावी गरे । नगरपालिकामा ८ वटा स्वास्थ्य केन्द्र र एउटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको उनले पालिकाखबरलाई बताए । 

सबै स्वास्थ्य केन्द्रमा सामान्य तथा प्राथमिक उपचारको सेवा र औषधी वितरण हुँदै आएको उनले बताए । नगरपालिकामा १० शय्याको नगर अस्पतालको निर्माणको लागि संघीय सरकारबाट बजेट आएसँगै निर्माण कार्य सुर भएको उनले सुनाए । उनका अनुसार नगर अस्पतालको भुईतल्लाको निर्माण कार्य भइरहेको छ । तर कहिले तयार हुने भन्नेबारे आफू जानकार नभएकाले उनले सुनाए । 

नगर अस्पताल निर्माण सम्पन्न भएसँगै सबै सेवा सञ्चालन हुने उनको दाबी छ । नगर अस्पताल नगरपालिकाको वडा नम्बर २ मा निर्माण भइरहेको छ ।