डोटी– दिपायल सिलगढी नगरपालिकाका करिब एक हजार जना गर्भवती महिलाले स्वास्थ्य चाैकीमा प्रसूति गराएका छन् । नगरपालिकाद्वारा सञ्चालित वर्थिङ सेन्टरमा आर्थिक वर्ष २०७९/०८० मा ९३९ जना गर्भवतीले महिलाले प्रसुती गराएका हुन् ।
नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव तेजबहादुर खडकाका पालिकाभित्र ९ वटा वर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । नगरपालिकाभित्रका सबै वडामा वर्थिङ सेन्टर सञ्चालनमा रहेकाेले प्रसूति गराउनेकाे संख्या बढेकाे उनले पालिकाखबरलाई बताए ।
भौगोलिक विकटता र जनचेतनाको अभावमा १० जना महिलाले घरमा बच्चा जन्माएका थिए ।