close

बजेट नहुँदा अस्पताल निर्माणको काम प्रभावित

बजेट नहुँदा अस्पताल निर्माणको काम प्रभावित

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– मिक्वाखोला गाउँपालिकामा हालसम्म अस्पताल सञ्चालनमा ल्याउन सकेको छैन । संघीय सरकारबाट आवश्यक बजेट नआउँदा २०७८ सालमा निर्माण सुरु भएको पाँच शय्याको अस्पताल हालसम्म सञ्चालनमा आउन नसकेकाे हाे । 

आवश्यक बजेट नआउँदा अस्पतालकाे निर्माण कार्यसमेत बाँकी छ । अस्पतालको भवन बनेको तर बजेट नहुँदा झ्याल ढोका हाल्न नसकिएको नगरपालिकाका स्वास्थ्य संयोजक ललित नारायण यादवले बताए ।

उनको अनुसार चालु आर्थिक वर्षको मसान्तसम्म  निर्माण गरिसक्नु भएपनि अस्पताल निर्माणको ६० प्रतिशत काम मात्र सकिएको छ । छ करोड ६२ लाख २४ हजार १४४ रुपैयाँको लागतमा उक्त अस्पताल निर्माण गर्ने लक्ष्य गाउँपालिकाले लिएको थियो । 

हाल पालिकाबासीले पालिकामा रहेका ५ वटा स्वास्थ्य चौकी तथा ३ ओटा बर्थिङ सेन्टरबाट स्वास्थ्य सेवा लिएको उनले जानकारी दिए । पालिकामा अस्पताल नहुँदा जटिल रोगको उपचारको लागि जिल्ला सदरमुकाम फुङलिङ पुग्नुपर्छ । ‘अस्पातालको लागि ४ घण्टा बस चढेर सदरमुकाम जानुपर्छ,’ उनले पालिकाखबरसँग भने ।