अछाम– रामारोशन गाउँपालिकामा गत आर्थिक वर्षभित्र मातृशिशु सेवाअन्तरगत बर्थिङ सेन्टरमा ९६ प्रतिशतले बच्चा जन्माएका छन् ।
गत आर्थिक वर्षमा पालिकाभर ३६५ जनाले बच्चा जन्माउँदा १४ जना घरमै सुत्केरी भएका स्वास्थ्य शाखाप्रमुख प्रभुनाथ देवकोटा उपाध्यायले पालिकाखबरलाई जानकारी दिए । उनका अनुसार घरमा बच्चा जन्माउनेको संख्या करिब ४ प्रतिशत हुन आउँछ ।
भौगोलिक विकटता र जनचेतनाको अभावले गर्दा घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न नसकिएको उनले बताए । जिरो होम डेलिभरि नीतिअनुसार चालु आर्थिक वर्षमा शतप्रतिशत पुर्याउने गरी कार्यक्रम ल्याएको हुँदा लक्ष्य पूरा हुने उनले दाबी गरे ।
रामारोशन गाउँपालिकामा ७ वटा बर्थिङ सेन्टर छन् ।