close

प्रसूति केन्द्र सञ्चालनमा नआउँदा पुरेनवाबासी समस्यामा

प्रसूति केन्द्र सञ्चालनमा नआउँदा पुरेनवाबासी समस्यामा

Trulli
ADVERTISEMENT

रौतहट गौर नगरपालिका–८, पुरेनवामा रहेको ‘बर्थिङ सेन्टर’ सञ्चालनमा नआउँदा प्रसूति सेवा लिने स्थानीयहरू मारमा परेका छन् । 

निर्माण सम्पन्न भएको तीन महिना बितिसक्दा पनि सेन्टरबाट सेवाप्रवाह नहुँदा प्रसूति सेवाका लागि अन्यत्र जानुपर्ने भएको हो । करिब ५६ लाख रुपियाँको लगानीमा गौर नगरपालिकाले निर्माण गरेको बर्थिङ सेन्टरमा अहिले ताला लागेको छ ।

बर्थिङ सेन्टर सञ्चालनका बारेमा वडाध्यक्ष जनार्दन साह अनभिज्ञ छन् भने योजना शाखा प्रमुख जितेन्द्र भारतीले हालसम्म बर्थिङ सेन्टर सञ्चालनमा नआएको बताउँदै यसको सञ्चालनका लागि सम्बन्धित मन्त्रालयको स्वीकृति चाहिने प्रावधान रहेको हुँदा पत्राचार गरिएको जानकारी दिए ।