तनहुँ– आँबुखैरेनी गाउँपालिकाले भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
सूचनाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को पहिलो चरणमा सम्पन्न गर्नुपर्ने राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे । गाउपालिकाले कार्तिक १७ र १८ गते १० देखि ५ बजेसम्म साे कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे ।
कार्तिक २ र ३ गते खाेप कार्यक्रम सञ्चालन गर्नुपर्ने भएतापनि साे दशैको अवधिभित्र पर्ने भएकोले केही समयपछि गर्न लागेकाे गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाका अनुसार भिटामिन ए कार्यक्रमका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको टोल, वडा र स्वास्थ्य संस्थाहरुमा उपलब्ध रहने जनाएको छ ।