close

गर्भवती महिलाका लागि मटिहानीको साबुन

गर्भवती महिलाका लागि मटिहानीको साबुन

Trulli
ADVERTISEMENT

महोत्तरी - मटिहानी नगरपालिकाले गर्भवती महिलाको सरसफाईका लागि साबुन वितरण गर्ने भएको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा गर्भ परिक्षण गर्न जाने महिलालाई निःशुल्क साबुन वितरण गर्न लागेको हो । 

नगरपालिकाको जनस्वास्थ्य अधिकृत पवनकुमार मण्डलका अनुसार गर्भावस्थामा ८ पटक स्वास्थ्य परिक्षण गराउनको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रमको लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई जानकारी दिए । 

महिनावारी रोकेदेखि सुत्केरी हुनेबेलासम्म ८ पटक स्वास्थ्य परिक्षण गर्नुपर्ने उनको भनाइ छ । नगरपालिकाले महिला स्वयम्सेविकालाई सोबारे जानकारी दिन निर्देशन दिएको उनले बताए । 

गर्भवती भए/नभए थाहा पाउनका लागि निःशुल्क पिसाब परिक्षण गरिने उनले बताए । उनका अनुसार नगरपालिकाले बच्चा र आमाको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क क्याल्सियम र आइरन चक्की दिने छ ।