close

आँखा पाक्ने रोगको प्रकोप बढ्दै

आँखा पाक्ने रोगको प्रकोप बढ्दै

Trulli
ADVERTISEMENT

  रुकुम पश्चिम- रुकुम पश्चिममा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गइरहेको छ । रोगको संक्रमण तिब्र गतिमाबढेसंगै आँखा अस्पताल, जिल्ला  अस्पताल, तथा स्वास्थ्य केन्द्रहरु लगायत निजी क्लिनिकमा बिरामीहरुको चाप बढ्दै गइरहेको बताइएको छ ।

रुकुम पश्चिम  जिल्ला अस्पतालका अनुसार  जिल्लाभर पछील्लो समय दैनिक ४(५  सय बिरामी आउने गरेकोमा करिब ७० प्रतिशतबिरामीमा आँखा पाक्ने समस्या देखिएको बताईएको छ ।  लगाएतका स्वास्थ्य संस्थाहरुमा उपचार गर्न आउने विरामीहरुको संख्यामापनि आँखा पाक्ने सम्वन्धि समस्या भएका विरामीहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको स्वास्थ्य संस्थाहरुले जनाएका छन ।

कन्जङ्टिभाइटिस अर्थात् आँखा पाक्ने रोग लागेमा आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुसहुने, आँखा फुस्रो वा रातो देखिने, आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको महशुस हुने, आँखामा धेरै आँसु आउने र बिहान उठ्नेबेलामा आँखाको ढकनी एकआपसमा टाँसिने जस्ता लक्ष्यण देखिने  आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले बताए ।

केसीले केन्द्रमा आँखा पाक्ने रोगका बिरामी दैनिकरुपमा ३०/५५   जना आउने गरेको जानकारी दिए ।विरामी हुनेहरुमा अधिकांश वालबालिका रहेको जनाईएको छ ।

त्यस्तै  जिल्लाको चौरजहारी अस्पताल, आठविसकोट नगरअस्पताल, सानीभेरी, त्रीवेणी, बाँफिकोट लगायतका छ वटै पालिकाकाबिभिन्न स्वास्थ्य संस्थाहरुमा आँखा पाक्ने रोगको समस्या देखिएको छ । चौरजहारी अस्पतालमा ८० प्रतिशतले आँखा पाक्ने रोग वृद्धिभएको अस्पतालमा कार्यरत नेत्र सहायक उमेश लामिछानेले जानकारी दिए ।  दैनिक जसो तीन सय भन्दा बढी उपचार गराउन आउनेविरामी मध्ये ८० प्रतिशतमा आँखा पाक्ने समस्या रहेको लामिछानेले बताए ।

भाइरसको सङ्क्रमण पछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण र फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जीले आँखापाक्ने रोग लाग्ने गरेको स्वास्थ्यकर्मीको भनाई छ । जिल्लामा अधिकांश विद्यालयहरुमा अध्ययनरत बालबालिका, शिक्षक, बैंक तथावित्तिय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्बसाधारण व्यक्तिहरु रहेको बताईएको छ ।

रुकुमका पालिकाहमा रहेका प्राथामिक स्वास्थ्य केन्द्र तथा आधारभुत स्वास्थ्य संस्थाहरुमा आँखा पाक्ने सम्बन्धि रोगका बिरामीहरुको संख्या केही दिन यता बढेको बताईएको छ ।  आँखा पाक्ने रोग सामान्य भएतापनि यसको समयमै उपचार नगरेमाआँखाको नानीमा घाउ भई जटिल समस्या उत्पन्न हुनसक्ने भएकाले कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान, तौलिया जस्ता सामानको अरूले प्रयोग नगर्ने, आँखा पाकेका बिरामीको नजिक नजाने जस्ता उपाय अपनाएमा यस रोगबाट बच्न सकिने चिकित्सकहरु बताउँछन ।