close

साकेलामा डेंगु र आँखा पाक्ने रोगविरुद्ध जनचेतनामूलक कार्यक्रम

साकेलामा डेंगु र आँखा पाक्ने रोगविरुद्ध जनचेतनामूलक कार्यक्रम

Trulli
ADVERTISEMENT

खोटाङ- साकेला गाउँपालिकाले डेंगु रोग र आँखा पाक्ने रोगविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले सो रोगविरुद्ध स्थानीय बासिन्दालाई सचेतना जगाउनका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाा अध्यक्ष रवि प्रकाश राईले विश्व स्तनपान सप्ताहको अवसर पारी बसेको पालिकास्तरीय आकस्मिक वैठकले महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ  । सो कार्यक्रमका लागि आवश्यक पर्ने स्वास्थ्य समाग्री तत्काल जुटाई व्यवस्थापन गर्न स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् ।
 
उनका अनुसार सो रोग नियन्त्रणका लागि वडा सरकार, टोल विकास सुधार समिति, महिला स्वास्थ्य स्वयम सेविका, आमा समूह, स्वास्थ्यकर्मी, शिक्षक, वुद्धिजीवी, राजनैतिक नेतृत्वलाई परिचालन गर्ने निणर्य भएको छ । त्यस्तै, डेंगी रोग र आँखा पाक्ने रोग सम्बन्धी अभिमुखिकरण सञ्चालन गर्ने, आवश्यक औषधीको व्यवस्थापन र जगेडा गर्ने, आम जनचेतनाको लागि भिडियो सार्वजनिक गर्ने लगायतका निणर्य वैठकले गरेको छ । 

त्यस्तै पालिकामा सञ्चालित सबै सामुदायिक विद्यालयको पठनपाठनमा वाधा नपर्ने गरि नियमित सञ्चालन गर्ने र संक्रमित विद्यार्थी भए घरैमा राखेर उपचार गराउने व्यवस्था गर्ने गरि निणर्य पारित गरिएको स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताइन् ।