नवलपरासी- मध्यविन्दु नगर अस्पतालमा अन्तरंग सेवाको शुभारम्भ गरिएको छ । सोमबार नगरप्रमुख तथा अस्पतालका अध्यक्ष भिमलाल अधिकारीले सेवाको उद्घाटन गर्नु गरेका हुन् ।
उनले सेवाको उद्घाटन गर्दै नगर अस्पतालमा बिरामी भर्ना सेवा सुचारु भएको जानकारी दिए । उनले सुविधा सम्पन्न भवन निर्माणको चरणमा रहेको मध्यविन्दु नगर अस्पतालमा स्वस्थ सेवाहरु क्रमशः थप भइरहेका बताए।
सेवाप्रवाहलाई नागरिकमैत्री बनाउने र नगरबासीलाई स्वास्थ्य पहुँच स्थापित गराउने विषयमा नगरपालिका गम्भीर रहेको नगरप्रमुख अधिकारीले बताए ।