सल्यान । सिद्ध कुमाख गाउँपालिकाले वडा नम्बर २ को स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्स रे) सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले गर्भवती महिलालाई लक्षित गरी सो सेवा सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाका अध्यक्ष भरत गिरीले एक कार्यक्रमको समारोहमा सो सेवाको उद्घाटन गरेका थिए । उनले गर्भवती महिलाको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै जिल्ला अस्पताल तथा टाढा जानुपर्ने समस्या भएकोले स्वास्थ्यचौकीमै निशुल्क सेवा संचालन गरिएको बताए । सो सेवा लिन सबैलाई उनले अनुरोध समेत गरे ।
वडा नं २ का वडा अध्यक्ष मेक बहादुर बुढाथोकीको अध्यक्षतामा सुरू भएको कार्यक्रममा स्वास्थ्य शाखाबाट सिअहेव सरिता कु रेउले, स्वास्थ्यचौकी प्रमुख गणेश गोसाइ, अनमी समिक्षा बुढाथोकी लगायत महिला स्वास्थ्य स्वयंसेविका र गर्भवती महिलाहरुको उपस्थिति रहेको थियो।
उद्घाटनको दिन आज १६ जना गर्भवती महिलाहरुले निःशुल्क भिडियो एक्सरे सेवा लिएका छन् ।यसअघि वडा नम्बरबाट पनि साे सेवा सञ्चालनमा ल्याएकाे छ ।