सल्यान । सिद्ध कुमाख गाउँपालिकाका वडा नम्बर १ स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्स रे) सेवा सुरु भएको छ । बाँझकाँडाको स्वास्थ्य चौकीमा गर्भवती महिलालाई लक्षित गरी आइतबारदेखि सेवा सुरु भएको हो ।
एक्सरे सेवाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भरत गिरीले गर्भवती महिलाको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै जिल्ला अस्पताल तथा टाढा जानुपर्ने समस्या भएकोले स्वास्थ्यचौकीमै यो निशुल्क सेवा संचालन गरिएको बताए । उनले लक्षित समुदायले सजिलैसँगै सेवा लिन सक्ने बताए ।
वडा नं १ का वडा अध्यक्ष रमेश चलाउनेको अध्यक्षतामा सुरू भएको कार्यक्रममा स्वास्थ्य शाखाबाट सि अहेव सरिता कु रेउले,अनमी समिक्षा बुढाथोकी लगायत महिला स्वास्थ्य स्वयं सेविका र गर्भवती महिलाहरुको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।
आइतबार नै पालिकाभित्रका ४० जना गर्भवती महिलाले निःशुल्क भिडियो एक्सरे सेवाको लिएको गाउँपालिकाका अध्यक्ष गिरीले जानकारी दिए ।
ग्रामीण क्षेत्रका गर्भवती महिलाका लागि लक्षित गरी संचालन गरिएको सेवामार्फत मातृ तथा शिशु मृत्यु दरलाई न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ। सेवा गाउँपालिकाभित्रका पाँच वटै वडामा सञ्चालन गरिने जनाएको छ ।