close

सौडियारमा दादुरा रुवेला खोप अभियानको अभिमुखीकरण

सौडियारमा दादुरा रुवेला खोप अभियानको अभिमुखीकरण

Trulli
ADVERTISEMENT

 दाङ । दादुरा रुवेला खोप अभियानको बारेमा सौडियारमा सरोकारवालाई अभमिुखीकरण गरिएको छ । सौडियार स्वास्थ्य चौकीको आयोजनामा जनप्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका, सरकारी तथा निजि बिद्यालयका शिक्षकहरु, स्वास्थ्यकर्मी, वडाका कर्मचारीलाई अभिमुखीकरण गरेको हो । 

 वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सौडियार स्वास्थ्य चौकीका प्रमुख कुमार दुलालले दादुरा रुवेला खोप अभियान र अमनी लालिका चौधरीले दादुरा रुवेला खोपका वारेमा जानकारी दिए । दादुरा रोग दाङ जिल्लामा अझै पनि देखिने क्रम नरोकिएकाले यसलाई न्यूनीकरण गर्न यही जेठ २५ गतेदेखी बिभिन्न बिद्यालय र स्वास्थ्य चौकीमा खोप केन्द्र तोकी खोप लगाउन थालिएको दुलालले बताए ।

 उनका अनुसार ६ महिना उमेर पुगेका देखी १५ बर्ष नपुगेका बालबालिकालाई खोप लगाईने छ । जस अनुसार जेठ २५ गते माता पवित्रदेवी आधारभुत बिद्यालय शुक्रवार,२६ गते ग्लोवल एक्याडमी पर्शा,२८ गते बिद्याकुञ्ज बोर्डिङ स्कुल,२९ गते मा.वि.सौडियार र ३० गते सौडियार स्वास्थ्य चौकीबाट दादुरा रुवेला विरुद्धको खोप लगाईने छ । 

सो अवसरमा बोल्दै मा.वि.सौडियारका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले दादुरा रुवेला विरुद्धको खोप अभियान सफल बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।