close

उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय बन्दै

उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय बन्दै

Trulli
ADVERTISEMENT

स्याङ्जा। गल्याङ नगरपालिका–१ महालिङ्गधामस्थित उत्तरबाहिनी क्षेत्रमा प्राकृतिक चिकित्सालय (आयुर्वेद अस्पताल) बन्ने भएको छ । 

सङ्घीय सरकारको सहरी विकास मन्त्रालय र नगरपालिकाको साझेदारीमा रु दुई करोड १२ लाखको लागतमा १० शय्याको अस्पताल बन्न लागेको हो । फूलजोर निर्माण सेवा बिजुलीबजार काठमाडौँसँग गत फागुन १८ गते यसै आर्थिक वर्षमा काम सक्नेगरी भएको सम्झौताको काम धमाधम चलिरहेको छ ।

बयालीस रोपनी क्षेत्रफल ओगट्ने सुविधा सम्पन्न २४ कोठे अस्पतालबाट पञ्चतत्व, हाइड्रोथेरापी, फिजियोथेरापी, योगथेरापी, मसाजथेरापी, स्टिमथेरापी, अकुपञ्चर, एक्युप्रेससरलगायतका पद्धतिमार्फत बिरामीको उपचार गरिनेछ । 

‘सामाजिक चिन्तन प्राकृतिक चिकित्सालय निर्माण गर्ने योजना थियो, उत्तरबाहिनीमा चिकित्सालय निर्माणका लागि त्यहाँ उपयुक्त वातावरण र भूगोल छ’, उनले भने, ‘कालीगण्डकीको तटमा सबैभन्दा राम्रो होला भनेर नगरपालिकाको अपनत्वमा अस्पताल निर्माणको काम भएको छ ।’

उनका अनुसार आवश्यकताका आधारमा नगरपालिकाले प्राविधिकलगायत अन्य व्यवस्थापकीय काम गर्नेछ । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले उत्तरबाहिनीमा योग शिविर, धार्मिक अनुष्ठान, संस्कृत शिक्षालगायतका कार्यक्रम पहिल्यैदेखि सञ्चालन हुँदै आएको जानकारी दिए।

उनले भने, ‘प्राकृतिक उपचार पद्धतिले कुनै पनि प्रकारको असर नगर्ने र औषधि नखाई उपचार गरिने भएकाले संसारको सबैभन्दा राम्रो उपचार पद्धति यो हो, त्यसैले यहाँ प्राकृतिक चिकित्सालयको आवश्यकता भएको हो ।’

चैतन्य कृष्णले यस अस्पतालमा प्राकृतिक भोजनसहितको प्राकृतिक उपचार गरिने बताए। कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले यहाँ आउने तीर्थयात्री र बिरामीलाई निःशुल्क भोजनको व्यवस्था गर्ने जनाइएको छ । गल्याङ–३, का स्थानीय शिशिर पौडेलले उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय बन्नु अत्यन्त सुखद विषय भएको बताए।