close

कुश्मा पूर्ण खोप घोषणा

कुश्मा पूर्ण खोप घोषणा

Trulli
ADVERTISEMENT

पर्वत  । कुश्मा नगरपालिकामा पूर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ  । हरेक बालबालिकालाई पूर्ण खोप प्रदान गरि रोग नियन्त्रण, निवारण र उन्मुलनको लक्ष्य प्राप्तिमा तिब्रता ल्याई दिगो बिकासका लक्ष हासिल गर्न नगरपालिकाले पूण खोप घोषणा गरेको हो । 
 
नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीका अनुसार आधारभूत स्वास्थ्य सेवा प्रबर्धन र जिम्मेबारी स्थानीय सरकारको काम कर्तब्य र अधिकार भित्र रहेको हुदा नेपाल सरकारको नीति तथा कार्यक्रममा समाबेस भएअनुसार  नगरपालिकामा पूर्ण खोप सुनिस्चितता भएको घोषणा भएको बताए । उनले पालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने आफू संवेदनशील रहेको बताए ।  

नेपालको संबिधानबाट नै आधारभूत स्वास्थ्य सेवा मौलिक हकको रुपमा ब्यबस्था भएको र स्वास्थ्य नीति २०७६ अनुसार स्वास्थ्यमा सर्बब्यापी पहुच हुने उनको विश्वास छ । उनले लक्षित वर्गले समयानुकुल खोपहरु पाउने नीतिगत ब्यवस्था नगरपालिकाले गरेको कुरा स्वास्थ्य शाखाका प्रमुख याम प्रसाद शर्माले जानकारी गराए ।

कार्यक्रममा नगरपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला व्यक्तिले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।