close

हुम्लामा आँखा शिविर सम्पन्न

हुम्लामा आँखा शिविर सम्पन्न

Trulli
ADVERTISEMENT

हुम्ला । आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घ÷नेपाल रेडक्रस सोसाइटीको आयोजनामा शिविर आयोजना गरिएको हो । 

नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम आर्थिक सहयोग र एनआरसिएस सुर्खेत आँखा अस्पतालका प्राविधिक डा मनिष खतिवडा नेतृत्वको नौ जनाको टोलीले सदरमुकाम सिमकोटमा सञ्चालित शिविरमा सेवा प्रदान गरेको थियो । यही वैशाख २२ गतेदेखि सुरु भएको निःशुल्क शिविर सोमबार सम्पन्न भएको छ । 

उक्त शिविरबाट सिमीकोट, खार्पुनाथ, नाम्खा गाउँपालिलगायतका दुई सय ४७ जनाले सेवा लिएका थिए । उक्त शिविरमा ७४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति सङ्घ, सुर्खेतका प्रशासन अधिकृत निशा बमले जानकारी दिए ।