काठमाडौं । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको लागि वृहतपोषण प्याकेज क्षमता अभिवृद्वि कार्यक्रम सञ्चालन गरेको छ । एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले स्वयम्सेविकाको क्षमता अभिबृद्धि गरेको हो ।
नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप क्षमता अभिवृद्धि गरेको हो । नगर उपप्रमुख सृजना बुर्लाकोटिले नगरबाट आगामि दिनमा यस्ता कार्यक्रमका माध्यमबाट समाजमा स्वयंसेविकाकको भुमिकालाई अझै सक्रिय ढङ्गबाट प्रस्तुत गर्नु बताएकी छिन् ।
उनले सो कार्यक्रमबाट नगरपालिकाभित्रका स्थानीय बासिन्दासमेत लाभान्वित हुने बताइन् । कार्यक्रममा सहभागी प्रशिक्षित स्वयंसेविकाहरुले कार्यक्रम निकै प्रभावकारी रहेको र आफुहरुले धेरै कुरा सिकेर पोषणका बिषयमा आफ्नो कार्यक्षेत्रमा बुझाउन सक्ने क्षमता विकास भएको बताए ।