close

रक्तचापका बिरामीलाई निःशुल्क औषधि वितरण

रक्तचापका बिरामीलाई निःशुल्क औषधि वितरण

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले रक्तचापको नियमित औषधि सेवन गर्ने विरामीहरुलाई निशुल्क औषधी वितरण सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमकाे आयोजना गरी नगरपालिकाले औषधि वितरण गर्न थालेको हो । 

नगरपालिकाका नगरप्रमुख कुनसाङ लामाका अनुसार पालिकाले पहिलो चरण दाप्चास्थित नगर अस्पतालबाट रक्तचापको औषधी वितरण गर्न सुरु गरेको हो । उनका अनुसार उच्च रक्तचाप तथा नसासम्बन्धि रोगका बिरामीलाई पालिकाले निःशुल्क औषधि वितरण गर्न थालेको हो । 

उनले  जनताको हित र सुविधाको लागि आफू सधै प्रतिवद्ध रहेकोले स्थानीय बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखी औषधि वितरण गरिएको बताए । उनले पालिकाको वडाका स्वास्थ्य संस्थाबाट औषधि वितरण गरिने जानकारी दिए । 

आवश्यकताको आधारमा घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको उनले सुनाए । उनले शारीरिक रुपमा अशक्त रहेका व्यक्तिलाई घरघरमै औषधि वितरण गरिने बताए । साथै पालिकाले आयुर्वेदिक औषधि समेत वितरण गरेको उनले बताए ।