बागलुङ। ढोरपाटन नगरपालिकामा नि:शुल्क आँखा शिविर सञ्चालन भएको छ । यही फागुन २९ र ३० गते वडा नं १ को बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा नि:शुल्क आँखा उपचार र मोतिबिन्दुको अप्रेसन शिविर सञ्चालन गरिएको हो।
नगरपालिकाको आयोजना तथा हिमालयन र धौलागिरी आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।
बिहान ७:३० देखि ११:०० बजेसम्ममा टिकट लिइ शिविरमा सहभागि हुन सकिने जनाइएको छ ।