पवर्त । मोदी गाउँपालिकामा स्त्री रोगसम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
गाउँपालिकाको आयोजना र सामाजिक विकास तथा स्वास्थय मन्त्रालयको सहयोगमा सो शिविर सञ्चालन गरिएको हो । शिविरमा महिलाहरुमा हुने स्तन क्यान्सर, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर र बाझोपन सम्बन्धि समस्याबारे सेवा दिएको गाउँपालिकाले जनाएको छ ।
३० बर्षदेखि ६० बर्षसम्मका महिला र स्त्री रोगसम्बन्धी समस्या भएका महिलालाई लक्षित गरी पशुपती आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरबाट सेवा लिएसँगै स्थानीय दंग भएको पालिकाले जनाएको छ ।
तस्विर: माेदी गाउँपालिकाकाे सामाजिक सञ्जालबाट