पर्वत । कुश्मा नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने जनाएको हो ।
नगरपालिकाको अनुसार निजामति कर्मचारी अस्पतालको आयोजनामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । नगरपालिका अन्तर्गतको ठूलोपोखरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने छ ।
शिविर फागुन २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । अस्पतालबाट प्रदान हुने १४ थरीको सेवा सो शिविरमा हुने सो सूचनामा उल्लेख गरिएको छ ।