कैलाली। धनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
विकासका लागि युवा प्रतिवद्वता संस्थाले सञ्चालन गर्दै आएको एम्बुलेन्स उप–महानगरले सन्चालन गरेको ‘आमा बचाउ अभियान’का लागि सहयोग गरेको हो।
बिहिबार सस्थाका अध्यक्ष स्माई चौधरीले उप–महानगरलाई हस्तान्तरण गरेकाे उप–महानगरपालिकाका प्रमुख गाेपाल हमालले जानकारी दिए।