close

गर्भवती र सुत्केरीलाई रामग्रामको पौष्टिक आहार

गर्भवती र सुत्केरीलाई रामग्रामको पौष्टिक आहार

Trulli
ADVERTISEMENT

नवलपरासी । रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार उपलब्ध गराएको छ । नगरपालिकाले जिल्लामा पहिलो पटक आठ सय ९५ गर्भवती तथा सुत्केरीलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको हो ।

नगरपालिकाले पहिलो पटक छ सय १९ गर्भवती र दुई सय ७६ सुत्केरीलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको नगरप्रमुख धनपथ यादवले जानकारी दिए । 

ग्रामीण क्षेत्रका अधिकांश महिला सुत्केरी तथा गर्भवती भएको अवस्थामा पर्याप्त पोषण सहित खानेकुरा खान नपाउँदा बच्चा र आमाको स्वास्थ्य विग्रन सक्ने जनाएका छन् । उनले सबै वडाका गर्भवती तथा सुत्केरीलाई  पौष्टिक आहारसहित झोला वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए।