close

बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आजदेखि

बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आजदेखि

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौंमा आजदेखि बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने भएको छ ।  बद्री–तीर्थ आर्थराइटिस् समाज तथा नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । 

नेपालमा बढ्दै गइरहेको बाथरोगको पहिचान गरी यसका बिरामीलाई पनि उपचारको पहुँचमा ल्याउन सहयोग पुगोस् र निम्न आय भएका बाथरोगीहरूले उपचार पाउन सकुन् भनेर आजदेखि यही माघ ९ गतेसम्म निःशुल्क बाथरोग शिविर सञ्चालन गर्न लागिएको सो सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिए ।

रातोपुलमा रहेको नेशनल बाथरोग सेन्टेरमा बिहान ९ देखि साँझ ६ बजेसम्म यस रोगका विशेषज्ञ एवं चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक कक्षपतिले जानकारी दिए।

उनले बाथरोग पहिचानका लागि हुने बाथरोग शिविरमा सिरापी, इएसआर, युरिक एसिड र सुगर परीक्षण निःशुल्क गरिनेसमेत बताए । उनले हरेक वर्ष माघमा बाथरोगसम्बन्धी जनचेतना फैलाउने अभियानअन्तर्गत शिविर सञ्चालन गर्ने गरिएको पनि बताए ।

वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित वैद्यले सन् २०१२ देखि बाथरोग जागरण अभियान सुरु गरिएको भन्दै बर्सेनि कम्तीम पनि दुई सय २५ जना विपन्न परिवारका बाथरोगीलाई निःशुल्क उपचार गरेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं ९ का अध्यक्ष रामजी भण्डारीले बाथरोगबारे अध्ययन तथा अनुसन्धान हुनुपर्ने जोड दिए । उनले बाथरोग उपचारमा वडामा रहेका सबैलाई सहयोग गर्ने बताए।