काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा भोलिदेखि बर्थिङ सेन्टर सेवा बन्द हुने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दैै आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि ५ दिन बर्थिङ सेन्टर हुने जनाएको छ ।
सूचना अनुसार कातिक ३० गतेदेखि मंसिर ४ गतेसम्म सेन्टरबाट हुने सुरक्षित मातृत्वसम्बन्धि सबै सेवा बन्द हुने छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि सेन्टरका सबै नर्सलाई खटाइएकोले सेवा बन्द गरेको पालिकाले जनाएको छ।