close

प्रसूति सामग्री हस्तान्तरण

प्रसूति सामग्री हस्तान्तरण

Trulli
ADVERTISEMENT

काठमाडौं । बर्दिबास अस्पतालको प्रसूतिगृहको सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य सामग्री (उपकरण) प्राप्त भएको छ । 

वर्ल्ड भिजन इण्टरनेशनल नेपालका सहयोगमा जिल्लास्थित समाजिक संस्था समाज विकास केन्द्र महोत्तरीले तीन लाख ४७ हजार ६ सय ६२ मूल्यका स्वास्थ्य सामग्री (उपकरण) आइतबार बर्दिबास अस्पताललाई प्रदान गरेको हो ।

केन्द्रका अध्यक्ष नइम अन्सारीले अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मालाई स्वास्थ्य सामग्री हस्तान्तरण ग गरेको अस्पताललाई प्राप्त सामग्रीमा बेबी वार्मर–एक थान, इक्जामिनेसन बेड–पाँच सेट, इन्स्टुमेण्ट ट्रली–दुई सेट, ड्रेसिङसेट–पाँच सेट, स्ट्रेचर–पाँच सेट र ह्विलचेयर–पाँच सेट प्राप्त भएको अस्पतालले जनाएको छ ।

प्राप्त सामग्रीले प्रसूतिकक्ष सञ्चालनमा तत्कालनै महत्वपूर्ण सहयोग पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले बताए । 

केन्द्रले कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत सामग्री अस्पताललाई प्रदान गरिएको जनाएको छ । कोभिड–१९ सघन सङ्क्रमण बढेका बेला बर्दिबास अस्पतालले महोत्तरीमात्र नभएर आसपासका जिल्लाका बासिन्दालाई पनि कोभिड–१९ जाँच (पिसिआर र आरडिटी जाँच), क्वारेन्टिन र भेन्टिलेटरसहितको आइसोलेसन सञ्चालन गरेर सेवा प्रवाह गरेको हुँदा सामग्री प्रदान गरिएको केन्द्रका अध्यक्ष अन्सारीले बताए । 

जिल्लाका सरकारी अस्पताललाई साधन सम्पन्न बनाएर आमजनताको स्वास्थ्य उपचारमा पहुँच बढाउन आवश्यक रहेको स्वास्थ्यविज्ञ बताउँछन् । बर्दिबास अस्पताललाई प्राप्त सामग्रीले प्रसूतिकक्ष साधन सम्पन्न बनाउन सहयोग पुगेको बताइएको छ ।