close

दाताबाट लिइएको मिर्गौला अयोग्य भनी प्रत्यारोपण नगरेपछि...

दाताबाट लिइएको मिर्गौला अयोग्य भनी प्रत्यारोपण नगरेपछि...

Trulli
ADVERTISEMENT

काठमाडौं । दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ । चिकित्सकले दाताबाट निकालिएको मिर्गौला योग्य नभएको भन्दै  प्रत्यारोपण नगरेपछि तनाव सुरु भएको हो । 

तर, बिरामीका आफन्तले चिकित्सको लापरबाही भन्दै विरोध गरेका छन् ।

मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी भएको थियो । ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तय भएको थियो ।

अस्पताल स्रोतका अनुसार मिर्गौला प्रत्यारोपण सर्जन डा. पारसमणि श्रेष्ठ र डा. अनिल श्रेष्ठले गर्दै थिए । उनीहरु दुवै वीरमा मिर्गौला प्रत्यारोणका लागि अनुमति पाएका चिकित्सक हुन् ।