close

प्रचण्डपत्नि अस्पताल भर्ना

प्रचण्डपत्नि अस्पताल भर्ना

Trulli
ADVERTISEMENT

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । कही वर्षयता बिरामी भएकी उनी स्वास्थ्यमा समस्या आएपछि उनलाई ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ ।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । 

पत्नी दाहाल बिरामी भएपछि अध्यक्ष दाहाल बुधबार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको निर्वाचनकेन्द्रित प्रशिक्षण कार्यक्रममा अनुपस्थित थिए ।