close

आज १ हजार ७८७ जनामा डेंगु र ४२ जनामा कोरोना संक्रमण पुष्टि

आज १ हजार ७८७ जनामा डेंगु र ४२ जनामा कोरोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । 

त्यस्तै, सोही समयावधिमा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९ जनामा गरिएको नमुना परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।