close

सोमबारदेखि सुरु भएको झाडापखाला प्रकोप : १६२ बिरामी, १७ जना सिकिस्त

सोमबारदेखि सुरु भएको झाडापखाला प्रकोप : १६२ बिरामी, १७ जना सिकिस्त

Trulli
ADVERTISEMENT

रुपन्देही । गत सोमबार दुर्गापूजाको प्रसाद खाएपछि रामग्राम नगरपालिका-१८ पम्फापुरका १६२ जना बिरामी भएका छन् । गाउँमा फैलिएको झाडापखालाका बिरामी बढेर प्रकोपको रुप लिँदा १७ जना सिकिस्त भएका नगरपालिकाका मेयर धनपत यादवले पालिका खबरलाई बताए । 

मेयर यादवका अनुसार १७ सिकिस्त बिरामीलाई पृथ्वीचन्द्र अस्पतालमा रेफर गरिएकोमा १३ जना घर फर्किएका छन् भने ४ जनाको उपचार जारी छ ।  

सोमबारदेखि समस्या भए पनि बुधबारमात्र स्थानीयले जनप्रतिनिधिलाई सूचना दिएका थिए । त्यसपछि मेयर यादवको टोली चिकित्सकसहित पम्फापुर गाउँमा जाँदा १६२ जना झडापखाला र ज्वरोका बिरामी भेटिएका थिए । 

प्रकोपको रुपमा झाडापखला फैलिएपछि रामग्राम नगरपालिकाले गाउँमै अस्थायी शिविर संञ्चालन गरेको नगर प्रमुख यादवले बताए । फूड प्वाइजनिङ्गका कारण झाडावान्ता फैलिएको आशंका गरिएको छ ।

झाडापखाला फैलिनुको कारण पत्ता लगाउन लुम्बिनी प्रदेशको स्वास्थय निर्देशनालय, स्वास्थ्य कार्यालयसहितको टोली सम्बन्धित स्थानमा पुगेर पानी र दिसाको नमुना संकलन गरेको रामग्राम नगरपालिकाले जनाएको छ ।