काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ । नगरले एक सूचना जारी गरी नगरवासीहरूमा यस्तो अनुरोध गरेको हो ।
साथै, हरेक हप्ताको शनिबार १० बजे १० मिनेट आ-आफ्नो घर तथा घर वरपर स-साना पानीजज्ने ठाउँ सफा गर्न अनुरोध पनि गरेको छ ।
यस्तो छ, नगरको अपिल
सबै ब्यक्तिले हरेक हप्ताको शनिबार १० बजे १० मिनेट" आ-आफ्नो घर तथा घर वरपर स-साना पानीजज्ने ठाउँ सफा गर्ने अभियानमा सरिक होऔं । र पानीका भाँडा सधैं बिर्को बन्द गरेर मात्र राख्ने गरौं ।
घाम झुल्केको २ घण्टा पछि तथा घाम अस्ताउनु २ घण्टा अघि एडिस जातको लामखुट्टे अत्यन्त सक्रिय हुने भएकोले बिहान बेलुकी बाहिर जाँदा पुरा अंग छोपिने गरि कपडा लगाउने गरौं ।
कीटनाशक औषधि छिडकाउबाट बयस्क लामखुट्टे नियन्त्रण गर्दा जनस्वास्थ्यमा प्रतिकुल असर पुग्नेर पानीभित्र रहेका असंख्य अण्डा तथा लार्भाबाट लामखुट्टेको बिकास क्रम नरोकिने भएकोले पानी भित्र लार्भाको विकास हुन नदिनु नै यो रोग नियन्त्रणको मुख्य उपाय हो, नैयोरोग मणको मुख्य उपाय हो, तसर्थ पर्यावरण तथा जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित लार्भा नष्ट अभियानमा हातेमालो गरौं ।
प्रयोगशालामा तिदान भएका सबै डेङ्गी रोगका बिरामीहरुको दैनिक अपडेट नगरपालिकामा गर्ने गरौं ।