close

७० जना विद्यार्थीलाई सेनेटरी प्याड बनाउने तालिम

७० जना विद्यार्थीलाई सेनेटरी प्याड बनाउने तालिम

Trulli
ADVERTISEMENT

गोरखा । शहीदलखन गाउँपालिकामा दुइ चरणको प्याड बनाउने तालिम सम्पन्न भएको छ । 

बक्राङ बक्रेश्वरी माविका ३० जना छात्रा र नाम्जुङको जनशक्ति उच्च माध्यमिक विद्यालयका ४० जना छात्रालाई तीन दिने तालिम दिइएको एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले जानकारी दिए । 

टुगेदर नेपालको सहयोगमा एक्सपोज नेपालले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउने तालिम प्रदान गरेको हो । तालिमपश्चात विद्यालय उमेरका बालिकाले आफ्नो प्रयोगका लागि आफैं प्याड बनाउन सक्ने बनेका प्रशिक्षक सिर्जना कपालीले बताए । 

लिमका लागि सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेको एक्सपोज नेपालले तालिमपश्चात् व्यावसायिक रूपमा प्याड उत्पादन गर्न चाहने छात्राहरूलाई कच्चा सामग्री र बजारीकरणका लागि सघाउने छ ।