close

डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो

डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई भएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ , लुम्बिनी प्रदेशमा २ हजार ८२१ , सुदूरपश्चिम प्रदेशमा ७७७, प्रदेश १मा ५९१, गण्डकीका ५१५, मधेश प्रदेशमा ३२३ र कर्णाली प्रदेशका २३० जनामा डेंगु भएको मन्त्रालयले जनाएको छ । 

भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।