काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल चार हजार १२६को नमुना परीक्षण गर्दा उल्लेखित संक्रमितको पहिचान भएको हो ।
त्यसैगरी, सोही समयमा ११६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा १२८३ जना सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।