close

कटहरियामा नि:शुल्क आँखा परीक्षण केन्द्रको उद्घाटन

कटहरियामा नि:शुल्क आँखा परीक्षण केन्द्रको उद्घाटन

Trulli
ADVERTISEMENT

रौतहट । कटहरिया नगरपालिका-५ कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा नि:शुल्क आँखा परीक्षण केन्द्र सञ्चालनमा आएको छ । 

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल र उपमेयर रीतादेवी यादवको विशेष पहलमा उक्त नि:शुल्क आँखा परीक्षण केन्द्र सञ्चालन भएको हो ।

रौतहटको कटहरियामा बुधवारदेखि नि:शुल्क  आँखा परिक्षणको  एक कार्यक्रमबीच मेयर जयसवालले र उपमेयर रितादेवी यादवले निशुल्क आँखा परिक्षण केन्द्रको उद्घाटन गरेका हुन ।

मेयर जयसवालले उद्घाटन गरेसँगै बुधवारदेखि नै आँखा परीक्षणकेन्द्र सञ्चालन भएको हो ।