काठमाडौं । चितवनको खैरहनी नगरपालिकाले लगाएका १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको दाेस्रो डोज खोप लगाउने भएको छ ।
नगरले एक सूचना जारी गरी पहिलो खोप लगाएका २८ दिन पूरा भएका सबैलाई दोस्रो मात्राको खोप लगाउन जनाएको छ ।
खोप कार्यक्रम २०७९ साल असोज ५ गतेदेखि ७ गतेसम्म बिहान १०:३० बजे देखि ३:०० बजेसम्म सञ्चालन हुने बताइएको छ ।