close

दीर्घरोगीहरूलाई मासिक भत्ताका लागि फाराम भर्न महागढीमाईको अनुरोध (सूचनासहित)

दीर्घरोगीहरूलाई मासिक भत्ताका लागि फाराम भर्न महागढीमाईको अनुरोध (सूचनासहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । महागढीमाई नगरपालिकाले मिर्गौला प्रत्यारोपण गराइरहेका,डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई औषधि उपचार खर्चका लागि फाराम भर्न अनुरोध गरेको छ । 

नगरले मंगलबार एक सूचना जारी गरी उल्लेखित बिरामीलाई फाराम भर्न अनुरोध गरेको हो । 

उल्लेखित बिरामीलाई मासिक पाँच हजार उपलब्ध गराउने भन्दै नगरले सम्बन्धितहरूलाई १५ दिनभित्र फारामभर्न अनुरोध गरेको छ । 

जारी सूचनामा भनिएको छ, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंको प.सं २०७८÷०७९ च. नं ५१५ मति २०७८÷०१८ गते प्राप्त पत्रानुसार श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ, काठमाडौंबाट जारी भएको मिर्गौला प्रत्यारोपण गरेको, डायलाइसिस गराइरहेका, क्यान्सररोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७८मा मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराइने व्यवस्था रहेकाले कागजातसहति आ–आफ्नो वडा कार्यालयमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’