काठमाडौं । पछिल्लो समय नेपालमा थप ११९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा कुल ४ हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १९१ पुगेको छ ।