काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ४२ जनामा हैजा पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले हाल ३ संक्रमितको उपचार भइरहेको जनाएको छ । ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
पहिलो पटक असार २ गते बागबजारका दुई जनामा हैजा देखिएको थियो । त्यसपछि डिल्लीबजार, सानेपा, कपन, बोहराटार, गोकर्णेश्वर, कागेश्वरी मनहरा, बुढानीलकण्ठ, ढल्कु, टेकु, त्रिपुरेश्वर र ताहाचलमा लगायतका स्थानमा हैजाका संक्रमित भेटिएका छन् ।
हैजा संक्रमितमध्ये १४ वर्षमुनिका ६ जना बालबालिका, ३६ जना १५ वर्षमाथिका रहेका मन्त्रालयको भनाइ छ ।