काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ३५१ जनामा गरिएको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आइसियूमा छन् । मन्त्रालयका अनुसार २४ घन्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।