काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल चार हजार ६८२ परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ ।
यस्तै, मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको संख्या पाँच हजार ६४१ छ ।