हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गु रोगको संक्रमण बढ्दै गएपछि स्प्रे गर्न थालिएको छ ।
उपमहानगर वडा नम्बर ४ र ५ मा रहेका बासिन्दामा डेङ्गुको संक्रमण बढ्दै गएपछि उपमहानगरले स्प्रे गर्न थालेको हो ।
हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जिवाणु नष्ट गर्ने गरी ‘डाइथाल कार्वसेट’ पानीमा मिसाएर छर्न थालिएको बताए ।
संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्रको पहिचान गरी आवश्यकता अनुसार संक्रमण नियन्त्रणको अभियान सञ्चालन गरीने जनस्वास्थ्य अधिकृत चौलागाइले बताए ।
उपमहानगरका डेङ्गु संक्रमितहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको कार्यालयले जनाएको छ ।