काठमाडौं । पछिल्लो २४ घण्टामा कोरानको कारण १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण एकजनाको मृत्यु भएको हो ।
यस्तै, ७६० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । कुल ५ हजार ९२६ जनामा गरिएको परीक्षणमा ७६० जनामा सङ्क्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ३२४ जना सङ्क्रमणमुम्त भएका छन् भने ५ हजार ६०२ सक्रिय सङ्क्रमित छन् ।