काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको हो ।
यस्तै, पछिल्लो २४ घन्टामा आठ सय ९५ जना करोना संक्रमित पहिचान भएका छन् । कुल पाँच हजार ९०९ जनामा गरिएको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घन्टामा २६४ जना कोरोनामुक्त भएका छन् ।
यस्तै, चार हजार नौ सय ३४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३३ हजार एक सय ७६ खोप लगाइएको मन्त्रालयले जनाएको छ ।