काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ८४६ जनामा परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । मन्त्रालयका अनुसार २ हजार ६५१ जनाको पीसीआर गर्दा ४९६ र एन्टीजेन विधिबाट ३ हजार १९५ जनाको परीक्षण गर्दा १२४ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । यस्तै, मन्त्रालयले कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको जनाएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ५६७ रहेको छ ।