काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल तीन हजार ६९९ जनामा परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् ।यस्तै, मन्त्रालयले कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको जनाएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।