काठमाडौं । चितवन भरतपुर अस्पतालमा स्वास्थ्यकर्मी अस्पतालभित्रै थुनिएका छन् ।
भरतपुर महानगरपालिका- १५ का एक बालकको उपचारमा लापरबाही गरेको भन्दै आफन्तले अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई उनीहरुकै कक्षमै थुनेका हुन् ।
उपचारमा संलग्न चिकित्सक तथा नर्सको लापरवाहीका कारण बालकको मृत्यु भएको पीडीत पक्षको आरोप छ ।
शोभा लम्साल र राम लम्सालको ३ महिनाको छोरा बिरामी भएपछि उपचारका लागि बिहीबार बिहान १० बजे अस्पताल लगिएका बालकको दिउँसो ३ बजे मृत्यु भएको थियो ।